Logo
६ माघ २०८१, आईतबार
(March 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

कोशी प्रदेश नामाकरण खारेजीको माग प्रदर्शनमा ५ जना सुरक्षाकर्मी घाइते

कोशी प्रदेश नामाकरण संशोधनको माग गर्दै विराटनगरमा प्रदर्शन भइरहेको छ । ऐतिहासिक पृष्ठभूमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरूले विराटनगरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरूले प्रहरीमाथि ढुङ्गा मुढा समेत

मिटरब्याज पीडितलाई भेट्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मिटरब्याज पीडितलाई भेट्ने तयारी गरेका छन् । मागका विषय बुझ्न चार सदस्यीय समिति गठन गरिएको छ । सो समितिले पीडितलाई भेटेपछि प्रधानमन्त्रीले भेट्ने तयारी भइरहेको

राहुल गान्धीलाई सरकारी निवास छाड्न नोटिस जारी

भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न आदेश दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिजसमेत

मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने रविको प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार बिहानै टंगालमा मिटरब्याज पीडितहरूको धर्ना कार्यक्रममा सहभागी भएका लामिछानेले उनीहरूको

विष्णु पौडेल कार्यकर्ता भड्काउन अछाम पुगे : भीम रावल

नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू कार्यकर्ता भड्काउन अछाम पुगेको आरोप लगाएका छन् । धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कसैप्रति विवाद र विरोध

मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध (फाेटाे फिचर)

महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन् । २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरु सोमबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका

संयुक्त राष्ट्रसङ्घको कालोसूचीबाट तालिवान अधिकारीहरूको नाम हटाउन आग्रह

तालिबान समूहले संयुक्त राष्ट्रसङ्घ (यूएन) लाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ । अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तर्क तालिवानले गरेको

३ देखि ७ दिनभित्रमा सवारी लाइसेन्स दिने व्यवस्था गर्दैछौं : यातायातमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमतिपत्र कम्तीमा ३ दिनदेखि ७ दिनभित्र छपाइ गरेर दिने व्यवस्था गर्न लागिएको बताएका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा

राहुलको सांसद पद खारेजको विरोधमा कांग्रेस सांसदहरुले लगाए कालो पोशाक

राहुल गान्धीको सांसद पद खारेज गरेको विरोधमा कांग्रेसले लोकसभामा विरोध गरेको छ । सोमबारको लोकसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु सभामुख भएतिर गएका थिए । त्यसक्रममा केहीले कागजको टुक्रा सभामुखतर्फ

संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रस्ताव स्वीकृत

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलपछि विधेयक बहुमतले स्वीकृत

डिल्ली चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक छ : गृहसचिव

गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताएका छन् । आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दज्र्यानी चिन्ह प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।