Logo
२३ कार्तिक २०८१, शुक्रबार
(September 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थरुहट थारुवान राष्ट्रिय मोर्चाको नयाँ घोषणा : ‘असोज ३ गते संविधान जलाउने’

धनगढी :  थरुहट थारुवान राष्ट्रिय मोर्चाले असोज ३ गते संविधान जलाउने घोषणा गरेको छ । टीकापुर राष्ट्रिय सम्मेलनबाट गठित मोर्चाका संयोजक लक्ष्मण थारुले सो घोषणा गरेका हुन् ।

मोर्चाले जिल्ला सम्मेलनमा संविधानको धारा १८, २२, ३२, अनुसुची ४ जलाउने तयारी गरेको थारुले बताए । उनले टीकापुर सस्ममेलन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताउँदै भने “हामी गैरलोकतान्त्रिक विधि अपनाउन चाहँदैनौं, शान्तिपूर्ण आन्दोलन गर्न चाहन्छौं ।”

केन्द्रीय संयोजक थारुले भने, “सत्ता पक्ष थारुहरु यो सम्मेलन विथोल्न धेरै प्रयास गरे, धेरै भ्रम छरे जसले गर्दा टीकापुरका धेरै बासिन्दा सम्मेलनको दिन टीकापुर छोडेर बाहिर हिडे थिए ।” उनले थारुहरुको अधिकार प्राप्ति नहुन्जेलसम्म कुनै पार्टीमा प्रबेश नगर्ने बाचा गर्दै थरुहट पहिजानकोलागि १० वर्षसम्म आन्दोलन गर्न तयार रहेको बताए ।

पूर्वसभासद् तथा मोर्चाका केन्द्रीय सल्हकार कृष्णकुमार चौधरी राज्यको दमनसँगै थारुहरुको मुद्धा विरोधीहरुको कारण टीकापुर घटना पश्चात थारुहरु हत्तोत्साहित भएकै हुन् । थारुहरुको मुद्धालाई राष्ट्रिय अन्तरािष्ट्रय स्तरमा स्थापित गर्नकोलागि पुन थारु, यूवा नेता, बुद्धिजीविहरु जुरमुराएका छन् ।

थारुहरु आफ्नो राजनीतिलाई धरापमा राखेर आन्दोलन आउनुपर्छ भन्न खोजेको होईन, तर जो जुन पार्टीमा छ थारुको अवाज त्यहि ठाउँमा बुलन्द गर्न आवश्यक छ । नेपालको ईतिहासमा हरेक मुद्धा तथा पछाडी पारिएकाहरुहरुलाई राज्य सत्ताको मूलधारमा आउन आन्दोलन बाहेकको विकल्प नरहेको बताए ।

त्यस्तै थरुहट नेता मोहन थारुले पार्टी भन्दापनि मुद्धालाई मध्यनजर गरेर सम्पूर्ण थारु एकताबद्ध हुनु जरुरी रहेको बताए । केही थारुहरु राजनीतिकरुपले आफू स्थापित भईसकेका छन् । उहाँहरुको कदर गर्दै अब थारुहरुको पहिचानको लागि आफ्नो पार्टी भित्रपनि थारुहरुको मुद्धाप्रति बहस चलाउन आग्रह गरे ।

राजबन्दी तथा थरुहट नेता राम प्रसाद थारुले थरुहट भूमिमा बसोबास गर्ने थारुहरु पहिचान सहितको आन्दोलनलाई निरन्तरता दिनको लागि मोर्चा गठन भएको छ । २०७२ सालमा थारुहरुको आन्दोलन उत्कृष्टमा पुगिसकेको थियो तर राज्यको घुसपैठमा टीकापुर घटना पश्चात आन्दोलन मत्थर भयो । अब पुन: आन्दोलनलाई ब्यूझाउन मोर्चाको जन्म भइसकेको थारुको भनाई छ ।

प्रकाशित मिति: Sep 3, 2019

प्रतिक्रिया दिनुहोस्