Logo
२४ कार्तिक २०८१, शनिबार
(September 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमानको थरबाट श्रीमतीलाई वंशजको नागरिकता दिन नहुने : सांसद गुरुङ

काठमाडौं :  आज बसेको प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद यशोदा सुवेदी गुरुङले श्रीमानको थरबाट श्रीमतीलाई वंशजको नागरिकता दिन नहुने बताएकी छन् ।

सांसद गुरुङले रगतको नाता भएकाको सनाखतबाट मात्रै मिल्नुपर्ने वंशजको नागरिकता श्रीमानको सनाखतबाट दिन नहुने बताइन् ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताउँदै नयाँ राख्न लागिएको व्यवस्थामा आपत्ति जनाएकी हुन् । ’कानुनमा व्यवस्था नहुँदा पनि वंशजको नागरिकता श्रीमानको नामबाट, सनाखतबाट दिइने परम्परा रहेछ । यो विभेदकारी परम्परा छ । कानुनविपरीत छ’, उनले थपिन्, ’श्रीमानको नाम र थरबाट महिलालाई वंशजको नागरिकता दिने परम्पराको अन्त्य गर्नुपर्छ ।’

सांसद गुरुङले उक्त विधेयकका विवादित विषयमा सहमति बनाउन गठित उपसमितिले तयार पारेको प्रतिवेदनमा पनि असहमति जनाएकी छन् । नेकपाका सांसद विजय सुब्बाको संयोजकत्वमा ९ सदस्यीय गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । सांसद गुरुङ पनि उक्त उपसमिति सदस्य हुन् ।

प्रकाशित मिति: Sep 3, 2019

प्रतिक्रिया दिनुहोस्