Logo
१० मंसिर २०८१, सोमबार
(August 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानी प्रतिनिधिमण्डलकी नेत्री इनादा तोमोमीकोे राष्ट्रपतिसँग शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको जापानको प्रतिनिधिसभा सदस्य इनादा तोमोमी नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज शिष्टाचार भेट गरेको छ ।

यस अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका साथै दुवै देशमा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिला सहभागिता अभिवृद्धिलगायत विषयमा विचार विमर्श भएको थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि इनादा तोमोमीसँग परराष्ट्र मन्त्रालयमा शुक्रबार अभिवादन गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटका बेला नेपाल र जापान सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति: Aug 30, 2019

प्रतिक्रिया दिनुहोस्