Logo
२३ भाद्र २०८१, आईतबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कश्मीरको कुरा भारतको आन्तरिक मामिला हो, पाकिस्तानको दखल स्वीकार्य हुँदैनः राहुल गान्धी

भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले पाकिस्तानलाई चेतावनी दिदै जम्मू–कश्मीरको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । जम्मू-कश्मीरको पछिल्लो अवस्थालाई लिएर संयुक्त राष्ट्रसंघलाई लेखेको पत्रप्रति केन्द्रित हुँदै गान्धीले यो कुरा भातीय आन्तरिक मामिला भएकाले यसबारे कुनै गतिबिधि नगर्न चेतावनी दिएका हुन् ।

पाकिस्तानले पत्र लेखको पत्रबारे आधिकारि धारणा सार्वजनिक गर्दै राहुल गान्धीले हाल आएर प्रतिक्रिया दिएका हुन् । राहुल गान्धीले कश्मीरको विषय भारतको आन्तरिक मामिला रहेको र यसमा पाकिस्तान या अरु कुनै पनि देशको दखल कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । कश्मीरमा भइरहेको हिंसा पाकिस्तानबाट प्रायोजित रहेको पनि गान्धीले बताएका छन् ।

राहुल गान्धीले यसबारे ट्वीट पनि गरेका छन्, ‘म यो सरकार (नरेन्द्र मोदी सरकार) सँग धेरै कुरामा असहमत छु । तर, म यो स्पष्ट पार्न चाहन्छु कि–कश्मीर भारतको आन्तरिक मुद्दा हो र यसमा पाकिस्तान या अरु कुनै देशको हस्तक्षेपको कुनै गुन्जायस छैन ।’

राहुल गान्धीले ट्वीटमा पाकिस्तानलाई पनि निशाना बनाएका छन् । उनले लेखेका छन्, ‘जम्मू–कश्मीरमा हिंसा भइरहेको छ । त्यहाँको हिंसामा उक्साहाट र समर्थन पाकिस्तानका तर्फबाट छ ।’ पाकिस्तानलाई विश्वभर हिंसाको हिमायतीका रुपमा चिन्ने गरिएको पनि राहुल गान्धीले उल्लेख गरेका छन् ।

पाकिस्तानले राष्ट्रसंघलाई लेखेको पत्रमा राहुल गान्धीको प्रशंग राखिनु पाकिस्तानको दोषपूर्ण चलाखी रहेको कांग्रेसले जनाएको छ । कांग्रेसले ट्वीट गरेको छ, ‘पूरै विश्वमा कोही पनि यो शंकामा नरहनु होला कि जम्मू–कश्मीर र लद्दाख भारतको अभिन्न अंग थिए र रहने छन् ।’

गएको शनिबार राहुल गान्धीसहित विपक्षी नेताहरुको समूह भारत प्रशासित कश्मीरको श्रीनगर गएका थिए । तर उनीहरुलाई विमानस्थलबाट बाहिरि निस्कन दिएनन् । उनीहरु विमानस्थलबाटै फिर्ता हुन बाध्य भएका थिए । तर पछिल्लो समय आएको धारणालाई अर्थपुर्ण त्वरबाट हेरिएको छ ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्