Logo
२३ कार्तिक २०८१, शुक्रबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालयमा पढ्दा पढ्दै ८ जना विद्यार्थी बेहोस, १ को मृत्यु

बुटवल : पाल्पाको एक विद्यालयमा अनौठो प्रकारको बिमारले एक किशोरीको मृत्यु भएको छ ।

रम्भादेवी गाउँपालिकास्थित रम्भा माध्यामिक विद्यालय कक्षा १० की १६ वर्षीया छात्रा कमला फालाको मृत्यु भएको हो ।

अन्य ८ जना विद्याथीहरु कक्षाकोठामा पढ्दापढ्दै रुँदै र बेहोस हुँदै ढलेका छन् भने दुई किशारीहरु गम्भीर अवस्थामा रहेका छन् ।

‘एक जना किशोर र ७ जना किशोरीहरु ट्युशन पढ्ने क्रममा रुँदै र बेहोस हुँदै ढलेका रहेछन्’ पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले भने । कमलाको उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभास ल्याउने क्रममा मृत्यु भएको हो ।

जिसीका अनुसार सो रोगबाट प्रभावित सबै विद्यार्थी कक्षा १० का हुन् । छात्र रोशन थापा र छात्रा बुद्धिसरा गाहको अवस्था गम्भीर रहेको छ ।

विद्यालयले बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा सञ्चालन गर्दै आएको प्रधानध्यापक तुल्सी अर्यालले बताए । पाल्पाबाट डाक्टरको टोली अनुसन्धानका लागि त्यसतर्फ जाने तयारी भैरहेको बताइएको छ

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्