Logo
१५ मंसिर २०८१, शनिबार
(August 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘व्यवसयाीले घाटाको व्यापार नगरेजस्तै अब सरकारले पनि घाटाको व्यापार गर्दैन’

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसयाीले घाटाको व्यापार नगरेजस्तै सरकारले पनि नगर्ने बताएका छन् । उनले सरकारले दिएको छुटलाई गलत परिभाषा र गलत प्रयोग गरेकोमा व्यवसायीको आलोचना गर्दै घाटाको व्यवसाय नगर्ने बताएका हुन् ।

उनले विद्युतीय गाडीलाई दिएको छुटको गलत प्रयोग भएको बताए । ’२८० प्रतिशतसम्मको राजस्व गुमाउनुपर्ने, त्यस्तो घाटाको व्यवसाय सरकारले गर्दैन’ मंगलबारदेखि सुरु भएको नाडा अटो सोमा अर्थमन्त्री खतिवडाले भने ’तपाईंहरूलाई निश्चित संरक्षण दिने हो । आउनुस् त्यस्ता उद्योग खोल्नुस् त्यो संरक्षण चाहने जति कर छुटहरू अत्तशुल्कहरू भन्सार छुट दिन सरकार तयार छ ।’

उनले २० प्रतिशत पनि मूल्य अभिवृद्ध बहस नगर्न आग्रह गरे। त्यसभन्दा कमको मूल्य अभिवृद्धिले नगरौ त्यसैले खासै धेरै योगदान मुलुकको औद्योगीकरणमा नपर्ने उनको भनाइ छ । विद्युतीय सवराीसाधन सरकारको प्रथामिकतामा रहेको खतिवडाको भनाइ छ । हाइब्रिड कारकोको नाममा स्टाट मात्रै ब्यट्रीले हुने र चलाउँदा डिजेल आवश्यक पर्ने गाडी भन्सारमा लिएको भन्दै छल्ने प्रयास नगर्न खतिवडाले आग्रह गरे ।

’हामीले दिएको छुट भनेको यस्तो छुट हैन कि ९० प्रतिशत परम्परा ऊर्जा नै खपत होस् र १० प्रतिश्त विद्युतको प्रयोग गरोस् र भन्सारमा सबै प्रकारको हुँदै हैन व्याख्या छ भने सच्याउँछौ आयात गर्दै हुनुहुन्छ भने नगर्नुस्।’ विद्युतीय सवारीसाधनका उद्योग संचालन गर्दा सरकारले २० देखि २५ प्रतिशतको छुट दिने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

त्यसमा कति प्रतिशत मूल्यअभिवृद्धि हो कति वर्षमा उत्पादन गर्न सकिने हो भन्ने तथ्य भने सरकारलाई उपलब्ध गराउनुपर्ने खतिवडाले बताए ।

सवारीसाधन क्षेत्रमा दोहोरो करको समस्या अघिल्लो आर्थिक वर्षमा देखिए पनि अहिले नभएको उनको दाबी छ। सवारीसाधनको बढी भन्सार शुल्क भएको स्वीकारोक्ति खतिवडाको छ । ’ ८० प्रतिशत भन्दा बढी भन्सार लिइदैन भन्ने प्रतिवद्धता विश्व व्यपार संगठनमा हो तर हामीले ८० प्रतिशतले धान्न सक्ने अवस्था भएन’ खतिवडाले भने ।

प्रकाशित मिति: Aug 27, 2019

प्रतिक्रिया दिनुहोस्