Logo
२३ भाद्र २०८१, आईतबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुडासैनी मुद्दामा प्रहरीले जुटायो १०० प्रमाण : प्रस्तोता रवि र क्यामराम्यान अनिलको बयान बाझियो!

चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानसहित युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’विरुद्धको अभियोगपत्रमा एकसय वटा दोशी प्रमाण जुटाएको छ ।

दोशीको समान वा कसुरसँग प्रमाण लाग्ने अरु चीज बस्तु भन्दै प्रहरीले विभिन्न कागजात दशी प्रमाणका रुपमा जुटाएको हो । जसमा बासुप्रसाद पुडासैनीको जाहेरी दरखास्त पाना २ सहित घटनास्थल एवं लास जाँच मुचुल्कासहित अनुसन्धान अधिकारीहरुको आचारसंहिता, शालिकराम पुडासैनीको कल कल डिटेल तथा म्यासेज, शव परीक्षण प्रतिवेदनहरु र विभिन्न अनुसन्धानका प्रतिवेदनहरु रहेका छन् ।

त्यस्तै पक्राउ पुर्जी प्रतिवादीहरुको स्वास्थ्य परीक्षण प्रतिवेदन,प्रतिवादीहरुको नागरिकताको फोटोकपी,प्रहरी प्रधान कार्यालय कार्य एव् अपराध अनुसन्धान विभागको परीक्षण प्रतिवेदन, प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहकको प्रतिवेदन, साउन ३० गते पक्राउका लागि पठाएको पत्र, प्रहरी निरीक्षक दयाकृष्ण भट्टको प्रतिवेदन लगायत छन् ।

शालिकराम साउन २० गते चितवनको एक होटल मृत अवस्थामा फेला परेका थिए । शालिकरामले मर्नुअघि रेकर्ड गराएको भिडियोमा लामिछानेसहित तीन जनाको नाम उल्लेख रहेको पाइएपछि साउन ३० गते उनीहरु काठमाडौंबाट समातिएका थिए ।

हत्या कि आत्महत्या भन्ने प्रश्नको अन्त्य

चितवन स्थित पत्रकार शालिकराम पुडासैनीको मुद्दामा अदालतले आजदेखि हत्या कि आत्महत्या भन्ने प्रश्नलाई अन्त्य गरेको छ । अदालतले पुडासैनीको मृत्युको कारण हत्या नभई आत्महत्या भएको बताएको छ ।

पुडासैनीको मुद्दामा बहस गरेका बाहिर निस्केका पुर्व पत्रकार तथा अधिवक्ता स्वागत नेपालले एक पोष्ट लेख्दै उक्त कुराको पुष्टि गरेका छन् । उनले लेखेका छन् – ‘पुडासैनी प्रकरणमा आजदेखि हत्या कि आत्महत्या भन्ने प्रश्न अन्त्य भएको छ, अदालतले पनि औपचारिक रुपमा आत्महत्या नै मानिसकेको छ । आफ्नो वहसको निष्कर्श अदालतबाट स्वीकार भएर अब हत्या होइन आत्महत्या हो भन्ने पुष्टि गर्न बहस नै जरुरि नभएकोमा अदालत प्रष्ट भइसकेको श्रीमानबाट निर्देश भएपछि म बहस सकेर निस्किएको छु, बाँकी केही समयपछि आदेश आउनेछ तर त्यो अन्तिम भने हुने छैन।’

यसैबीच पत्रकार पुडासैनी दुरुत्साहन अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका न्यूज २४ का टिभी प्रस्तोता रवि लामिछाने र सोही संस्थामा कार्यरत क्यामराम्यान अनिल ढुंगेलको बयान बाझिएको छ ।

प्रहरीसँगको बयानमा रविले शालिकरामकी प्रेमिका भनिएकी अस्मितालाई नचिनेको बताएका छन् । रविले बयानमा ‘रुकु’ भन्ने अस्मितालाई चितवनको थुनुवा कक्षमा मात्रै चिनेको बताएका हुन् ।

रविले आत्महत्याको दुई÷तीन दिनअघि अस्मिता न्युज २४ को कार्यालयमा आएको र क्यामराम्यान अनिल ढुंगेललाई भेटेर आफ्नो समस्या राखेको भन्ने कुरा आफूले सुनेको बताएका छन् ।

यता ढुंगेलले बयानको क्रममा रवि र दीपकको सल्लाहमा नै अस्मितालाई न्यूज२४ को कार्यालय देखिने गरी सेल्फी खिच्न आग्रह गरेको बताएका छन् ।

शालिकलाई ‘तिमी न्यूज२४ गएको कुरा थाहा हुने र फलो गर्न छोड्ला’ भनेर आफूले पनि अस्मितालाई सेल्फी खिच्न भनेको उनले बयानमा बताएका छन् ।

पछि पनि अस्मिताले मलाई १-२ पटक फोन गरेर सहयोग गरिदिनुपर्यो भनेकीले दीपक बोहरा र रवि लामिछानेको सल्लाहअनुसार अस्मितालाई प्रहरीमा जान समेत आग्रह गरेको उनले बताएका छन् ।

बयानमा उनले शालिकरामले आत्महत्या गरेको भोलिपल्ट २ः३० बजे दीपक बोहरा र रवि आफै अस्मितालाई भेट्न ग्रिन सिटी अस्पताल पुगेको पनि बताएका छन् ।

यता, अस्मिताले पनि घटनापछि आफूलाई न्यूज२४ बाट भिडियो बाइट दिनका लागि पटक–पटक फोन आउने गरेको बताएकी छिन् ।

बयानमा अस्मिताले न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा काम गर्ने क्याम्याराम्यान अनिल ढुंगेललाई भेटि शालिकरामले दुःख दिएको घटनाबारे जानकारी गराएको भनेकी छन् ।

सो क्रममा अनिललाई अस्मिताले रवि लामिछानेसमेतलाई यो कुरा जानकारी गराइदिन भनेको र शालिकरामसँग भएका म्यासेजका केही स्क्रिनसटहरु समेत अनिललाई दिएको उल्लेख गरेकी छिन् ।

‘सो विषयमा निज अनिल ढुंगेलले प्रतिवादी रवि लामिछाने, युवराज कँडेल समेतलाई जानकारी गराएको भनेका थिए, मृतकसँग सम्बन्ध बिग्रपछि मैले अनिल ढुंगेललाई शालिकराम र मेरोबीचको मेसेज तथा अन्य कुराकानी सेयर गरिदिएकी थिएँ र सो पश्चात अनिल ढुंगेल, युवराज कँडेल, रवि लामिछानेले सो सम्बन्धमा सल्लाह गरी पुडासैनी हतोत्साहित हुने किसिमले केही कुरा भनेको या गरेको हुनपर्छ’ अस्मिताको बयानमा आधारित अभियोगपत्रको पृष्ठ नम्बर १३ मा भनिएको छ ।

अस्मिताले सोही कारणबाटै शालिकरामले आत्महत्या गरेको हुनुपर्छ भन्ने बयान दिएकाले उनको कारणबाट समेत आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना भएको दाबी गरिएको छ ।

अस्मिताको पहिलो सम्पर्क सूत्राधार अनिलको बयानमा के छ ?

न्यूज२४ टिभीमा २ वर्षदेखि क्यामेराम्यानको रुपमा कार्यरत अनिल ढुंगेलले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु २ दिनअघि अस्मिता भन्ने रुकु कार्की न्यूज२४ को कार्यालय आएकी बयान दिएका छन् । ढुंगेल उनै हुन् जो पुडासैनी र रुकुको सम्बन्धलाई लिएर रवि लामिछाने र युवराज कँडेलसम्म पुग्ने व्यक्ति हुन् । अस्मिता उनीमार्फत नै न्यूज २४ टिभीसम्म पुगेकी थिइन् ।

बयानमा ढुंगेलले शालिकरामले नक्कली फेसबुक आइडी समेत बनाएर अस्मितालाई पठाएको म्यासेजको स्क्रिनसर्ट अस्मिताले आफूलाई पठाएको बताएका छन् ।

शालिकरामले दुःख दिइरहेकाले तपाईंहरुले सहयोग गरिदिनुपर्यो भनेपछि आफूले अस्मितालाई न्यूज२४ को कार्यालयमा आएर रवि लामिछानेसँग कुरा गर्न आग्रह गरेको ढुंगेलले भनेका छन् ।

न्यूज२४ आएकी अस्मिताले शालिकरामले आफूलाई धम्की दिने, बाटो छेक्नेजस्ता कामहरु गर्दै आएकाले सम्झाईदिनुपर्यो भन्दै सहयोग मागेकी उनले बयानको क्रममा बताएका छन् ।

अस्मिताको भनाई उद्धृत गर्दै बयानको क्रममा ढुंगेलले शालिकले धेरै नै दुःख दिएको कुरा दीपक बोहरा र रवि लामिछानेलाई सुनाएको समेत बताएका छन् ।

रवि र दीपकको सल्लाहमा नै अस्मितालाई न्यूज२४ को कार्यालय देखिने गरी सेल्फी खिच्न आग्रह गरेको बयानमा उनले बताएका छन् ।

शालिकलाई ‘तिमी न्यूज२४ गएको कुरा थाहा हुने र फलो गर्न छोड्ला’ भनेर आफूले पनि अस्मितालाई सेल्फी खिच्न भनेको उनले बयानमा बताएका छन् ।

पछि पनि अस्मिताले मलाई १/२ पटक फोन गरेर सहयोग गरिदिनुपर्यो भनेकीले दीपक बोहरा र रवि लामिछानेको सल्लाहअनुसार अस्मितालाई प्रहरीमा जान आग्रह गरेको उनले बताएका छन् । अस्मितालाई पुडासैनीले आफ्नो श्रीमती भनेर चिनाएको समेत ढुंगेलले बयानमा उल्लेख गरेका छन् ।

बयानको क्रममा ढुंगेलले शालिकको रिर्पोटिङ शैली अलि आक्रामक प्रकृतिको हुने पनि बताएका छन् । जुन कुरा आफूलाई चित्त नबुझ्ने ढुंगेलको भनाई छ ।

शालिकराम प्रायजसो फेसबुकमा अस्मितासँग व्यस्त रहने गरेको पनि ढुंगेलले बताएका छन् । शालिकरामले धम्की दिएको म्यासेज अस्मिताले घटना हुनुपूर्व आफूलाई पठाएपछि युवराज कँडेललाई फरवार्ड गरेको उनले बयानमा भनेका छन् । पछि भने रवि लामिछाने र दीपक बोहरालाई पनि पठाएको उनको भनाई छ ।

शालिकराम र अस्मिताको सम्बन्धबारे जानकार भएपछि घटना हुनुपूर्व शालिकसँग बीचमा कुनै पनि माध्यमबाट कुरा नभएका बयानमा उनले बताएका छन् ।

तर, साउन २० गते राती कँडेलमार्फत शालिकरामले आत्महत्या गरेको खबर सुनेको उनको भनाई छ । लगत्तै आफूले अस्मितालाई फोन गरेर शालिकरामसँग भएका कुराकानीहरुका कुनैपनि म्यासेजहरु डिलिट नगर्नु भनेको ढुंगेलको भनाई छ ।

बयानमा उनले घटनाको भोलिपल्ट २ः३० बजे दीपक बोहरा र रविले अस्मितालाई भेट्न ग्रिन सिटी अस्पताल पुगेको पनि बताएका छन् ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्