Logo
२३ कार्तिक २०८१, शुक्रबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बङ्लादेशमा बस दुर्घटना : ८ जनाको मृत्यु, १८ घाइते

ढाका :  बङ्लादेश मध्य भागमा पर्ने फरिदपुर जिल्लामा शनिबार सवारी दुर्घटना भएकोे छ । उक्त दुर्घटनामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । घटनामा अरु १८ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार दिउँसो २ बजेतिर फरिदपुरको कोतवाली प्रहरी कार्यालयका प्रमुख एफएम नसिमका अनुसार राजधानी ढाका र दक्षिणी खुल्ना क्षेत्रीय शहरलाई जोड्ने सडकमा दुर्घटना भएको हो । मोटरसाइकललाई बाटो दिन लाग्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएकामध्ये २ जनाको अस्पतालमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

बङ्लादेशमा सडक दुर्घटनामा मृृत्यु हुनेको संख्या वर्षेनी धेरै रहेको छ । सडकको खराब अवस्था, पर्याप्त मर्मत नगरिएका सवारी साधन, ट्राफिक नियमको उल्लंघन, चालकको लापरवाही लगायतका कारणले दुर्घटना धेरै हुने गरेको जनाइन्छ ।

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्