Logo
२३ कार्तिक २०८१, शुक्रबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकमा पहिरो : १ को मृत्यु, ७ जना घाइते

सांकेतिक तस्बिर

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित निर्माणाधीन अपर बलेफी जलविद्युत् आयोजनामा पहिरो खसेर त्यहाँ कार्यरत एक कामदारको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

आज बिहान माथिबाट आएको पहिरोले त्यहाँस्थित बेस क्याम्पमा सुतिरहेका बर्दिया जिल्ला बहराइया गाउँपालिका-१ निवासी अन्दाजी ३२ वर्षीय अनिल विकको घटनास्थलमा मृत्यु भएको हो । अन्य ७ जना भने भाग्न सफल भएकाले सामान्य घाइते मात्र भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
छत्तीस मेगावाट क्षमताको उक्त आयोजना शिवश्री हाइड्रोपावरद्वारा निर्माण भइरहेको छ ।

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्