Logo
१० मंसिर २०८१, सोमबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सकियो प्रधानमन्त्री र जयशंकरबीचको छलफल, मधेशवादी दलका नेताहरुसँग पनि आजै भेट गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश मन्त्री एस.जयशंकरबीच भेटघाट सकिएको छ । प्रधानमन्त्री निवासमा बुधवार भएको छलफलमा दुई पक्षको बीचमा गम्भीर छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

दुई देशबीचमा रहेको सम्बन्धलाई अझ कसरी बलियो बनाउने त्यसका लागि दुवै पक्षको बीचमा कस्तो छलफल हुने विषयमा कुराकानी भएको बताइएको छ ।

आज बस्न लागेको नेपाल-भारत संयुक्त आयोगको बैठकमा प्रस्तुत हुने एजेण्डाको विषयमा पनि दुई पक्ष बीचमा कुराकानी भएको छ ।
पुराना सन्धी सम्झौता, इपजी प्रतिवेदन, विकासका एजेण्डामा खुलेर छलफल गर्न प्रधानमन्त्री ओलीको सुझाव रहेको बालुवाटार स्रोतले जनाएको छ ।

थप उपचारका लागि भोली सिगांपुर जान लागेका प्रधानमन्त्री ओलीको स्वास्थ्यको बारेमा पनि विदेश सचिव जयशंकरले जानकारी लिएको बताइएको छ ।

यसैबीच आजै ९ वजे राती मधेशवादी दलका नेताहरुसँग पनि भेटघाट गर्ने बताइएको छ । मधेशवादी दलका नेताहरुसँग द्धारिका होटेलमा भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आजदेखि सुरु हुन लागेको नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन उनी बुधबार दिउँसो सवा १२ बजे काठमाडौं आइपुगेका हुन् ।

यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । यो बैठक दुई दिन चल्ने छ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्