Logo
२३ भाद्र २०८१, आईतबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङको पार्टीका १० जना सांसद भाजपामा प्रवेश

सिक्किमका पूर्वमुख्यमन्त्री रहेका पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्र्या्टिक फ्रन्टका १० जना सांसदले मंगलबार भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार दिउँसो भाजपाका कार्यवाहक अध्यक्ष जेपी नड्डा र बरिष्ठ नेता राम माधवले नयाँदिल्लीस्थित मुख्यालयमा ती १० जना सांसदलाई पार्टी प्रवेश गराएका हुन् ।

प्रमुख प्रतिपक्षी सिटमा खुम्चिएका चाम्लिङको पार्टीका १५ सांसद थिए । चाम्लिङकै पार्टीबाट छुट्टिएर मुख्यमन्त्री बनेका पीएस गोलेसँग १७ सांसद छन् । सन् १९९४ देखि चाम्लिङ सिक्किमका मुख्यमन्त्री थिए ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्