अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पको झट्का पाकिस्तानमा पनि महसुस
काबुल : अफगानिस्तानमा हिन्दुकुश क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको छ । ६.२ रेक्टर स्केलको भूकम्प बिहिबार विहान ६.१५ मा गएको हो ।
अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा गएको भूकम्पको केन्द्र काबुलबाट २४३ किलोमिटर रहेको संयुक्त राज्य भूगर्भीय सर्वेक्षणले जनाएको छ । हिन्दुकुश पाकिस्तान नजिकैको क्षेत्र भएकोले त्यहाँ पनि भूकम्पको झट्का महसुस गरिएको थियो ।
यो क्षेत्रमा लामो पर्वत श्रृंखला भएकोले त्यहाँ समय समयमा भूकम्पको झट्का महसुस भइरहने भए पनि आजको यो भूकम्पको झट्का केहि बढी भएको बताइएको छ ।