काठमाडौंको बालुवाटारस्थित सुविसु कार्यालयमा आगलागी
काठमाडौं : काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ ।
बुधबार दिउँसो करिब पौने १ बजे इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।
जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ ।
आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।