काठमाडौँको माइतीघर मण्डला नजिकै बम
काठमाडौँ : बुधबार बिहान काठमाडौँको माइतीघर नजिकै बम भेटिएको छ ।
माइतीघर मण्डला नजिकैको सेन्टजेभियर्स कलेज अगाडि बम भेटिएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार शंकास्पद बस्तु फेला परे लगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरिसकेको छ ।
बम कसले राखेको खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।