सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार
काठमाडौं : लगातार उकालो लागिरहेको सुनको भाउ आजको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य अहिलेसम्मकै उच्च हो ।
सोमबार प्रतितोला ६७ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार ६६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार एक हजार ५०० रुपैयाँ बढेको थियो । चाँदीको भाउ भने बढेको छैन । सोमबार प्रतितोला ७९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलकार पनि सोही मूल्यमा कारोबार भइरहेका छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ बढेको, अमेरिका र चीनबीचको व्यापार युद्धको प्रभाव अन्तर्रा्ष्ट्रिय सेयर बजारमा परेका कारण सुनको भाउ निरन्तर उकालो लागेको व्यवसायीहरुको भनाइ छ ।
हिन्दू धर्मावलम्बीहरुको चाड तीज नजिकिँदै गर्दा सुनको कारोबार बढ्नुपर्ने बेला भाउ आकाशिएपछि विक्री घटेको महासंघले जनाएको छ।