प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १ लाख ७६ हजारले पाए रोजगारी
काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ लाख ७५ हजार ९०९ जनाले रोजगारी पाएको बताइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल पत्रकार सम्मेलन गरी सो कुरा बताईएको हो ।
६ हजार ८६४ सामुदायिक आयोजनामा २२ लाख ६२ हजार २६९ दिनको राजेगारी दिइएको थियो । रोजगारी पाएको दिन भने फरक छ ।
‘औसत प्रतिव्यक्ति रोजगार दिन हेर्दा एक जना व्यक्तिले औषतमा १३ दिनको रोजगारी पाएको देखिन्छ’ मन्त्रालयले जनाएको छ ।
सरकारले गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।