Logo
१८ पुस २०८१, बिहीबार
(September 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत–पाकिस्तान वीच तनावका बेला चीनले भन्यो–हामी पाकिस्तानसँग छौँ

pak-china

इस्लामावाद , एजेन्सी ।  भारत र पाकिस्तानवीच बढ्दो तनावपछि चीनले आफुलाई पाकिस्तानको पक्षमा उभाएको छ । पाकिस्तानी मिडिया रिपोर्टका अनुसार, चीनका कन्सुलर जनरल यु बोरेनले भनेका छन्, ‘यदी कुनै विदेशी हमला भयो भने हामी पुरै पाकिस्तानको सहयोग गर्नेछौँ । चीन कश्मी विवादमा पाकिस्तानको साथ छ ।

चीनले यस्तो किन भन्यो ?
–१८ सेप्टेम्वरको विहान उरीमा भएको चरमपन्थी हमलापछि भारत–पाकिस्तानवीच तनाव छ । हमलामा १८ भारतीय सैनिक मारिएका थिए ।
–भारतको आरोप छ कि, हमलामा पाकिस्तानको सहयोगी आंतकवादीको हात छ । चरमपन्थीहरुबाट बरामद भएका समान पाकिस्तानमा बनेको पाइएको भारतको दावी छ ।
–पाकिस्तानको भनाई छ कि, आंतकी हमलापछि हामीमाथि आरोप लगाउने भारतको बानी नै हो । पहिला यो घटनाको भारत आफैले जाँच गरोस् र प्रमाण देओस् ।
–यो घटनापछि भारतले पाकिस्तानलाई कुटनीतिक तरिकाले घेर्ने रणनीति बनाएको छ । मोदीले युद्धका लागि आव्हान गरेका छन्, त्यस्तो युद्ध गरीवी घटाउने देखि रोजगारी दिने लगायतका विषयमा होस् ।
–भारत–पाकिस्तान दुवै तर्फका मिडिया रिपोर्टले दुई देशबीच युद्धजस्तै अबस्था आएको बताएका छन् ।

चीनले अरु भनेको छ :
–पाकिस्तानको पत्रिका डनले आफ्नो रिपोर्टमा बोरेनले यो सन्देश पंजाव प्रान्तको मुख्य मन्त्री शाहवाज शरीवसँगको भेटमो भनेको उल्लेख गरेको छ ।
–बोरेनलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, ‘चीन कश्मीर मुद्दामा पाकिस्तानका साथ छ । भारत प्रशाशित कश्मीरमा निहथ्थे मानिससँग ज्यादती भएको छ, यसलाई ठीक मान्न सकिन्न ।’

–‘कश्मीर विवादको हल कश्मीरिवासीको चाहना अनुसार गरिनुपर्छ ।’
–वैठकपछि मुख्य मन्त्रीको कार्यलयका तर्फबाट एउटा विज्ञप्ती पनि जारी गरिएको थियो ।

सिपीइसी अन्तर्गतका प्रोजेक्टमाथि पनि छलफल
–बोरेनले शाहबाज शरीपको ६५औं जन्मदिवसका अवसरमा शुभकामना तथा बधाईं पनि दिएका थिए । यसै अवसरमा कश्मीरको विषयमा छलफल भएको हो ।
–उनीहरुवीच चीन–पाकिस्तान आर्थिक करिडोर अन्तर्गत जारी परियोजनामाथि पनि छलफल भएको थियो ।
–यो करिडोरलाई लिएर भारतले चीनसँग आपत्ति पनि जनाएको छ ।

प्रकाशित मिति: Sep 25, 2016

प्रतिक्रिया दिनुहोस्