Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वार्षिक कार्ययोजना तयार पार्न सात सदस्यीय उपसमिति गठन

काठमाण्डौं : राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले चालु आर्थिक वर्षमा गर्ने कार्ययोजना तयार पार्न सात सदस्यीय उपसमिति गठन गरेको छ ।

दिगो विकास लक्ष्य हासिल गर्ने गरी विकास योजना सञ्चालन र सुशासन कायम हुने गरी विभिन्न कार्यक्रम तय गर्न समिति गठन गरिएको सभापति तारादेवी भट्टले जानकारी दिए ।

समितिमा सांसद रमेशजङ्ग रायमाझी, कालीबहादुर मल्ल, प्रमिलाकुमारी, बिमला राई पौड्याल, कविता बोगटी, चक्रप्रसाद स्नेही र महेशकुमार महरा सदस्य छन् । सदस्यहरुको पहिलो बैठकले संयोजक तोकी काम अघि बढाउने निर्णय समितिको आजको बैठकले गरेको छ ।

यसैगरी समिति सचिवालयले तयार पारेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पुनःलेखन गर्न सांसद बिमला राई पौड्यालको संयोजकत्वमा खिमकुमार विक, मुक्ताकुमारी यादव र भैरवसुन्दर श्रेष्ठ सदस्य रहेको समितिसमेत गठन गरिएको छ ।

बैठकले सातवटै प्रदेशसभाका सदस्यको प्रतिनिधित्व हुने गरी दिगो विकास लक्ष्यको प्रवद्र्धनात्मक कार्यशाला गरी समूह निर्माण गर्ने निर्णयसमेत गरेको छ ।

कार्यशालामा दिगो विकासका सबै विषयमा कार्यत्रपत्र प्रस्तुत गरी छलफल गरिने जानकारी पनि बैठकमा दिइयो ।

सो अवसरमा सांसद दिनानाथ शर्मा, सरिता प्रसाईं, कमलाकुमारी वलीलगायतले समितिले तयार गर्ने कार्ययोजना अनुसार दिगो विकास र सुशासन प्रवद्र्धनका लागि सातै प्रदेश र ७५३ वटै स्थानीय तहलाई समेट्ने गरी समितिका क्रियाकलाप गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्