Logo
१५ मंसिर २०८१, शनिबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबदेखि गाडी र घरकर्जामा कडाई, बैंकले व्यक्तिको आम्दानीको मूल्याँकन गरिने

काठमाडौ : अबदेखि नेपाल राष्ट्र बैंकले घर र गाडी कर्जामा व्यक्तिको आम्दानी मूल्याँकन गर्ने भएको छ ।
घर वा गाडी खरिद गर्दा बैंकहरुले तपाईको आम्दानीको मूल्याँकन गर्नेछ । मौद्रिक नीतिमा व्यक्तिगत प्राकृतिका कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर व्यावसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सिमा कायम गरिनेछ भनिएको छ । यसले व्यक्तिको आम्दानी हेरेर घर वा गाडी कर्जा कतिसम्म दिने निर्धारण गर्छ, नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।
उनी भन्छन्, ‘कसैको बार्षिक आम्दानी ४ लाख रुपैयाँ छ भने र उसले गाडी खरिद गरेवापत २ लाख इएमआइ तिर्नुछ भने हिसाब गरेर सोही अनुसारको कर्जा उपलब्ध हुँनेछ । यसमा कर, व्यक्तिगत खर्च लगायतो पनि हिसाब गरिन्छ । यसलाई हेयर कट भनिन्छ ।’

व्यक्तिले कमाउने आम्दानीमा उसको खर्च कटाएर कति बच्छ सोही अनुसार कर्जा प्रवाह हुन्छ । मौद्रिक नीतिको यो व्यवस्था राष्ट्र बैंकले निर्दे्शिका जारी गरेपछि कार्यान्वयनमा आउँनेछ ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्