Logo
२ माघ २०८१, बुधबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिडिया काउन्सिल सहित बिभिन्न विधेयकहरु परिमार्जन नगरिए संसद अवरुद्ध पार्ने : देउवा

काठमाडौं : पुर्वप्रधानमन्त्री तथा तथा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएका बिभिन्न विधेयकहरु परिमार्जन हुनेपर्ने बताएका छन् ।

वीपी जयन्तीको अवसर पारेर सहिद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धि विधेयक लगायतका विधेयकहरु परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान रहेको उनले बताएका हुन् ।

देउवाले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पारे ।

सभापति देउवाले वीपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढदा मात्रै मुलुकमा समृद्धि आउने विश्वास पनि व्यक्त गरे । त्यस अवसरमा सभापति देउवाले वीपी कोइरालाको बहुआयामिक व्यक्तित्वको पनि चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्