Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरियामा ताइफुन दनास’ सामुद्रिक आँधी आउने खतरा, नागरिकलाई सचेत रहन आग्रह

कोरियाली प्रायद्वीपको जेजुसहित दक्षिणी क्षेत्रका नागरिकलाई कोरियाली सरकारले सर्तक रहन आग्रह गरेको छ । आज राति सम्म ‘ताइफुन दनास’ सामुद्रिक आँधी आउन लागेकाले सतर्क रहन सरकारले नागरिकसँग आग्रह गरेको हो ।

केन्द्रीय प्रेसर ९ सय ९० हेक्टोपास्कल्स रहेको उक्त सामुद्रिक आँधी ताइवानको ३ सय ६० किलमेमिटर उत्तरी समुन्द्रबाट सुरु भएर प्रतिघण्टा २४ किलोमिटरको दूरीमा अगाडि बढिरहेको कोरियाको मौसम विज्ञान शाखाले जनाएको छ ।

शुक्रबार बिहान ३ बजेबाट सुरु भएको उक्त आँधी शुक्रबार रातिसम्म कोरियाको जेजु आसपासका क्षेत्रमा आइपुग्ने र शनिबार रातिसम्म कोरियाको पूर्वी समुन्द्र हुँदै अगाडि बढ्ने शाखाले जनाएको छ ।

यस आँधीका कारण कोरियाको जेजु टापुमा ७ सय र अन्य क्षेत्रमा २ सयदेखि ५ सय मिलिमिटरसम्म वर्षा हुनसक्ने शाखाको अनुमान गरेको छ ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्