Logo
२ माघ २०८१, बुधबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निलम्बित डिएसपी ढुंगेलको विषयमा छानबिन सुरु

काठमाण्डौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु गरेको छ । गत असार २८ गते प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी ढुंगेललाई अख्तियारमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रहरी प्रधान कार्यालयले ढुंगेललाई पक्राउ गरी अख्तियारमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर टेकुलाई निर्देशन दिएको छ ।

परिसरले ढुंगेललाई यथासक्य चाडो प्रहरी परिसरमा हाजिर हुन सूचना जारी गरेको छ र उपस्थित नभए पक्राउ गर्ने परिसरका प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) उत्तम राज सुवेदीले बताए ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्