Logo
१४ मंसिर २०८१, शुक्रबार
(July 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि आयकरको नयाँदर लागू : कति कमाउँदा राज्यलाई कति कर तिर्नुपर्छ ?

काठमाडौं : बुधबारदेखि नयाँ आर्थिक वर्ष २०७६-०७७ सुरु भएसँगै आयकरको नयाँदर लागू भएको छ । सरकारले बजेट भाषणमार्फत आयकरको नयाँदर घोषणा गरेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते संसदमा बजेट सार्वजनिक गदौ ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नेगरी सरकारले बजेट ल्याएको बताएका थिए ।

सरकारले ल्याएको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेटमा राजस्वबाट मात्रै ९ खर्ब ८१ अर्ब १३ करोड रुपैयाँ बेहोेर्ने सरकारको अनुमान छ । बजेटमार्फत करका सीमामा हेरफेर गरिएको छ । आयकरको दरमा वृद्धि गरिएको छैन यद्यपि, सीमा भने बढाइएको छ । आयकर छुट हुने सीमा बढाइ अविवाहित व्यक्तिका लागि ४ लाख र दम्पतीका लागि ४ लाख ५० हजार पुर्याइएको छ ।

अविवाहितको हकमा ४ लाखसम्मको आयमा एक प्रतिशत कर लाग्नेछ । ४ लाख भन्दामाथि पाँच लाखसम्मको करयोग्य आयमा ४ लाखसम्म एक प्रतिशत र त्यसमाथिको आयमा १० प्रतिशत आयकर लाग्नेछ ।

५ लाख रुपैयाँ भन्दामाथि सात लाख रुपैयाँसम्मको करयोग्य आयमा शुरुको ४ लाखमा १ प्रतिशत र ४ देखि ५ लाखकोमा १० प्रतिशत र त्यसभन्दा माथि २० प्रतिशत कर लाग्नेछ ।

यस्तै सात लाख रुपैयाँभन्दा माथि भए २० लाख रुपैयाँसम्म सातलाखसम्म अघिल्लो प्रावधान अनुसार र त्यसभनदा माथिकोमा ३० प्रतिशत आयकर लाग्नेछ । २० लाख रुपैयाँभन्दा माथि भए २० लाखसम्म लागेको करको दरमा २० प्रतिशत थपेर ४५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ ।

घरजग्गा कारोबारको लाभकर दर घट्यो
व्यावसायकि घरजग्गाको कारोबारमा अग्रिम करको रुपमा लाग्दै आएको पुँजीगत लाभकरको दर घटेको छ । यस्तै वित्तीय कारोबार गर्ने सहकारीहरुलाई नगरपालिकाभित्र पाँच प्रतिशत र उपमहानगरपालिका र महानगरपालिकाभित्र १० प्रतिशत मात्र कर लाग्ने व्यवस्था छ ।

यता जल यातायातका साधनहरुको पैठारी महसुल १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ । यस्तै विदेशबाट फर्केका नेपालीले आफ्नो साथमा ल्याएको १०० ग्रामसम्मको सुनको गहना महसुल तिरेर पैठारी गर्न सकिनेछ ।

मदिराको अन्तशुल्क१० प्रतिशतसम्म बढ्यो
बधुबारदेखि लागू हुने गरी मदिराको अन्तशुल्कमा १० प्रतिशतसम्मको शुल्क बढाइएको छ । अल्कोहलको मात्रा हेरेर मदिराजन्य पदार्थको मूल्य वृद्धि गरिएको हो ।

सरकारले ल्याएको आर्थिक विधेयकमा मदिराको युपि शक्ति र अल्कोहलको मात्रा हेरेर भन्सार र अन्तशुल्कदर बढाइएको छ । आयात गरिएको मदिराजन्य पदार्थमा तोकिएको भन्दा एक प्रतिशतपनि बढी परेमा उच्चदरको अन्तशुल्क लाग्नेछ ।

आयातित वस्तुको भन्सारदर बढ्यो
नेपालमै उत्पादित वस्तुलाई प्रोत्साहन गर्न सरकारले आयातित वस्तुमा कडाइ गरेको छ ।

केराउ, बदाम, आलु घ्यु, कुखुराको मासु, चकलेट विस्कुट, चाउचाउ, आइक्रिम, जुस, मिनरल, चुइगम जस्तापाता, जुक्ता, चप्पल, धागो, त्रिपाल लगायतका कृषिजन्य तथा औद्योगिक वस्तुहरुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न ती वस्तुको आयातमा भन्सारदर बढाइएको अर्थमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Jul 17, 2019

प्रतिक्रिया दिनुहोस्