हाइड्रोपावरमा भेल पस्दा इन्जिनियर बेपत्ता
सिन्धुपाल्चोक : अविरल वर्षासँगै आएको भेलले निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत एक इन्जिनियर बेपत्ता भएका छन् ।
गए राति सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चेमा निर्माणाधीन गाउँघर उज्यालो साना घट्टृ खोला आयोजना भित्र भेल पस्दा आयोजनामा कार्यरत दोलखा जिल्ला सुनखानी ९ घर भई हाल दोलखा कालिञ्चोक ८ बस्दै आएका २३ वर्षका मुक्ति सिवाकोटीलाई भेलले बगाएको हो ।
आयोजनामा सापकोटासहित तीन जना बस्दै आएका थिए । अन्य दुइ जना भागेर बाँच्न सफल भएपनि उनलाई भने भेलले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डीएसपी माधव काफ्लेले जानकारी दिए ।
आयोजना भित्र भेल पस्दा आयोजनाको एउटा मोटरसाइकल बगाएको छ भने आयोजनामा क्षतिमा पुगेको छ ।
बेपत्ता सापकोटाको खोजीका लागि प्रहरी खटिएको काफ्लेले जानकारी दिए