Logo
२१ कार्तिक २०८१, बुधबार
(July 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवलाई राजनीतिक व्यवहार गर्न सरकारसँग मोहन वैद्यको आग्रह

काठमाडौं : नेत्र विक्रम चन्द विप्लव समूहलाई राजनीतिक व्यवहार गर्न नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले सरकारसँग आग्रह गरेका छन् ।

वैद्यले मूठभेडको नाममा विप्लवका नेता तथा कार्यकर्ताको हत्या समेत भएको भन्दै उनीहरुप्रति राजनीतिक व्यवहार गर्न तथा समस्याको राजनीतिक निकास खोज्न खोज दिएका छन् ।

यद्यपि वैद्यले विप्लव समूहको कार्य्दिशा रहस्यमय भएको टिप्पणी गर्दै त्यसलाई सच्याउन विप्लवसँग आग्रह गरेका छन् ।

हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकको शनिबार निर्णय सार्वजनिक गर्दै वैद्यले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या झनै जटिल बन्न गएको निष्कर्ष निकालेको छ भने भारतीय हस्तक्षेप तीब्र भएको ठहर गरिएको छ ।

वैद्यले समान धारणा राख्ने राजनीतिक दलहरुसित कार्यगत एकता गरी सङ्घर्षका कामलाई विकसित तुल्याउने निर्णय समेत बैठकले गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

प्रकाशित मिति: Jul 6, 2019

प्रतिक्रिया दिनुहोस्