Logo
२१ कार्तिक २०८१, बुधबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईफा अवार्डका लागि बजेट दिने सोचाईमा छैन सरकार : मन्त्री बास्कोटा

काठमाडौं : सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पारेका छन् ।

मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले प्रश्न उठाएपछि उनले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको प्रष्ट पारे ।

मन्त्री बास्कोटाले आईफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे । उनले आईफा अवार्डको प्रसंग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने स्पष्ट पारे। उनले ‘नेपाल भ्रमण वर्ष(२०२०’ लाई सफल बनाउन पनि सरकारले अवार्ड आयोजना गर्न स्वीकृति दिएको बताए ।

बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्व बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए ।

समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही पनि काम गर्न नसकेको सरकारले सो अवार्डका लागि अर्बौँको बजेट दिन लागेको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्