मृत्युदण्डको विरोधमा एम्नेष्टी इन्टरनेशनलद्वारा विरोध
काठमाण्डौं : मृत्युदण्डको व्यवस्था लागु गर्ने श्रीलंकाली सरकारको निर्णयका विरुद्द एम्नेस्टी इन्टरनेसनल लगायत नेपालका नागरिक सङ्घ संस्थाहरूदे विरोध गरेका छन ।
एम्नेस्टी इन्टरनेशनल लगायतका नागरिक संघ संस्थाहरुले मंगलबार बिहान काठमाडौँको महाराजगंजस्थित श्रीलङ्काली राजदूतावास अगाडि प्रदर्शन गरेर मृत्युदण्डको विरोध गरेका हुन ।
विगत ४३ वर्षदेखि स्थगित गरिएको मृत्युदण्डको व्यवस्था उल्ट्याउन लागेकोमा श्रीलंकाली सरकारको भन्दै एम्नेस्टी इन्टरनेसनल लगायतका संघसंस्थाहरुले विश्वव्यापी रुपमा विरोध गर्दै आएका छन ।
गत असार ११ गते श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले लागूऔषध अपराधमा जेल सजाय भोगिरहेका चार जनालाई मृत्युदण्डको सजाय कार्यान्वयन गर्नका लागि अधिकारपत्रमा हस्ताक्षर गरेको थियो ।
केहीअघि श्रीलंकाले सार्वजनिक विज्ञापन आह्वान गरी मृत्युदण्ड दिने अर्थात सफाया गर्ने व्यक्ति को समेत छनोट गरिसकेको खबरहरु बिहिरिएका थिए ।