Logo
२१ कार्तिक २०८१, बुधबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साझा यातायातले काठमाडौँ उपत्यका बाहिर पनि सेवा दिने

काठमाडौँ : साझा यातायातले काठमाडौँ उपत्यका बाहिर पनि सेवा दिने भएको छ ।

साझा यातायातले काठमाडौँबाट पोखरा हुँदै बागलुङ र काठमाडौँबाट नारायणगढ, बुटवल, भैरहवा हुँदै बेलहिया सम्म रात्रीकालीन बस सेवा संचालन गर्न लागेको हो।

उपत्यकाको सडकमा थप २० वटा साझा बसले काठमाडौँ उपत्यकाको तीन वटा जिल्लाका काँठ क्षेत्रका बासिन्दालाई सजिलो हुने गरि साझा यातायातले सेवा दिन लागेको हो ।

सोमबार काठमाडौँमा एक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिका,ललितपुर महानगरपालिकाले उपलब्ध गराएको अनुदानबाट खरिद गरिएको बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ।

साझा यातायातले काठमाडौँ उपत्यकामा नयाँ गाडीलाई १० वटा रुटमा चलाउने भएको छ । साझाको पुरानो रुटको साथै बुङ्गमतिदेखि बुढानीलकण्ठ,लगनखेलबाट सातदोबाटो हुँदै थानकोट, नयाँ बसपार्कबाट सुर्य्विनायक र लगनखेलबाट शहीदगेट हुँदै दक्षिणकाली सम्म साझाका बसले सेवा दिनेछन् ।

साझाका २० नयाँ बस खरिद गर्न काठमाडौँमहानगरले ५ करोड र ललितपुरमहानगरले १ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्