Logo
२१ कार्तिक २०८१, बुधबार
(June 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस र माइक्रो एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु, ३० घाइते

 धादिङको वेनिघाट रोराङ गाउँपालिका – ७ कृष्णभीरमा यात्रुबस र विपरित दिशाबाट आउँदै गरेका २ वटा माइक्रोबस एकआपसमा ठोक्किएको छ । उक्त ठोक्करका कारण २ जनाको मृत्य भएको छ ।

काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख १००४ नम्बर र बा २ ख ४५६७ नम्बरको २ वटा माइक्रो एक आपसमा ठोक्किदा २ जनाको घटनास्थलमै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा धादिङ महादेवस्थानका २७ वर्षीषा श्याम कुमार श्रेष्ठ रहेका छन् भने अर्की एक महिला मृतकको पहिचान खुलेको छैन । दुवैको शव गजुरी अस्पतालमा रहेको छ ।

बस तथा माइक्रोमा सवार अन्य ३० जना यात्रु घाइते भएका छन् । घाइतेहरुको राजमार्ग अस्पतालमा सामान्य उपचारपछि १८ जनालाई थप उपचारको लागि काठमाडौं, ७ जनालाई गजुरी अस्पताल र २ जनाको चरौदी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

सामान्य घाइते भएका ३ जनाको डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

प्रकाशित मिति: Jun 30, 2019

प्रतिक्रिया दिनुहोस्