Logo
२१ कार्तिक २०८१, बुधबार
(June 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘धर्ती माता’लाई ७ दिन हिरासतमा राख्न म्याद थपिँदै

काठमाडौं : धर्ती माताका रुपमा परिचित विष्णु कुँवरविरुद्ध एक युवतीमाथि अभद्र व्यवहारको गसिएको आरोप लागेको छ । उक्त कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

सार्वजनिक ठाउँमा युवतीमाथि अभद्र व्यवहार गरेको अभियोगमा शुक्रबार बिहान पक्राउ परेकी हुन् । आरोपी कुँवरमाथि अनुसन्धान गर्न आइतबार ७ दिनको म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कुँवरले केही दिन अगाडि काठमाडौंको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएकी थिइन् । आफूमा दैविक शक्ति रहेको भन्दै कुँवरले युवतीलाई गाली गलौच गरेर युवतीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यद्यपि कुँवरबाट अभद्र व्यवहार पाएकी (कुटिएकी) युवतीले भने प्रहरीमा कुनै किसिमको उजुरी दिएको छैन । सार्वजनिक स्थानमा युवतीमाथि कुटपिट गरेको भन्दै प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको हो ।

प्रकाशित मिति: Jun 30, 2019

प्रतिक्रिया दिनुहोस्