४० हजार स्वयंसेवक परिचालन गरी ५० लाख विरुवा रोप्ने अनेरास्ववियूको घोषणा
काठमाडौं : सत्तारूढ नेकपा निकट अनेरास्ववियूले ‘ग्रिन नेपाल, क्लिन नेपाल’ अभियान सञ्चालन गरेर वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले अनेरास्ववियूले ४० हजार स्वयंसेवक परिचालन गरेर भदौ मसान्तसम्म ५० लाख रुखविरुवा रोप्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस घोषणा गरेर सरकारले सञ्चालन गरेको वृक्षारोपण कार्यक्रममा अनेरास्ववियूले सक्रिय रुपमा सहयोग गर्ने सहसंयोजक तामाङले जानकारी दिए ।
अनेरास्ववियूले शनिबार विहान उपत्यकाको हकमा कोटेश्वर- कलङ्की खण्डको सडकमा र देशभरका क्याम्पस, नजिकका विद्यालय र अन्य तोकिएका ठाउँमा राष्ट्रिय उत्सवको रुपमा वृक्षरोपण गर्ने कार्यक्रम तय गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।