घरपरिवारबाट माया नपाएको भन्दै ११ वर्षीय बालकले गरे आत्महत्या
ललितपुर : ललितपुरको बाग्मती गाउापालिका -२ को माल्टामा ११ वर्षीय बालकले सुसाइड नोट लेखेका छन् जसपश्चात् शनिबार राती ९ बजे आत्नहत्या गरेका छन् ।
कक्षा ५ मा अध्ययनरत समिर लुङवा कालिकादेवी माध्यमिक विद्यालयमा पढ्दै आएका छन् । उक्त नोटमा घरपरिवार र विद्यालयका शिक्षक र शिक्षिकाबाट माया नपाएपछि उनले आत्महत्या गर्ने विकल्प रोजेका हुन् ।
महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी राजकुमार खिउजुका अनुसार बालक समिरले आमा घरमा नभएको बेला एक सुसाइड नोट लेखेर आत्महत्या गरेको पुष्टि गरे । डीएसपी खिउजुले ११ वर्षीय बालकले सुसाइड नोट लेखेर आत्महत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको र बालकको शव पोष्टमार्टमको लागि पाटन अस्पताल पठाइएको जानकारी दिए ।
बालकले लेखेको सुसाइड नोट :
‘मेरो नाम समिर लुङ्वा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेँला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु ।
सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु । म एघार बर्ष भएँ । म जन्मेको कार्तिक १४ गते हो ।’