Logo
२१ कार्तिक २०८१, बुधबार
(June 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्माणाधिन अवस्थामा रहेको भवन भत्किँदा १५ को मृत्यु, २४ जना घाइते

सिकानोक्भील्ले :  क्याम्बोडियाको सिकानोक्भील्लेमा निर्माण अवस्थामा रहेको सात तले भवन भत्किएको छ जसमा १५ जनाको मृत्यु भएको छ । आइतबार भएको सो घटनामा १५ जनाको मृत्युसँगै २४ जना घाइते भएका छन् ।

चिनियाँ कम्पनीको स्वामित्वमा रहेको सो भवन बन्दरगाह सहर सिकानोक्भील्लेमा निर्माणाधिन थियो । ४ जना व्यक्तिलाई सो घटनालाई लिएर पक्राउ गरिएको जनाइएको छ । सो जग्गाका क्याम्बोडियाका मालिकलाई समेत सोधपुछ गरिएको जनाइएको छ । करिब १ हजार मानिस सो घटनाको उद्धार कार्यमा खटिएका छन् ।

(बीबीसी)

प्रकाशित मिति: Jun 23, 2019

प्रतिक्रिया दिनुहोस्