Logo
२१ कार्तिक २०८१, बुधबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले सामाजिक सन्जालमा प्रतिबन्ध लगाए पनि नेपालका लागि चिनियाँ राजदूत अब ट्वीटरमा

काठमाडौं : चीन सरकारले ट्वीटर, फेसबुक जस्ता सामाजिक सन्जालमा प्रतिबन्ध लगाए पनि नेपालको लागि चिनियाँ राजदूतावासले राजदूत होउ यान्छीको भने ट्वीटर अकाउन्ट खोलेको छ ।

राजदूत यान्छीको औपचारिक गतिविधिको जानकारी अब ट्वीटरबाट पनि थाहा पाइने भएको हो । उनको ट्वीटर ह्याण्डल  @PRCAmbNepal हो । यसमा उनका कार्यक्रमबारे जानकारी दिइने छ ।

यसमा नेपालका लागि चिनियाँ राजदूत यान्छीले पहिलो पटक दक्षिण एसियाको विकास र समृद्धिको लागि बेल्ट एण्ड रोड सम्बन्धी एक गोष्ठीको तस्वीरसहित आफ्नो संक्षिप्त भनाइ ट्वीट गरेकी छन् ।

यो कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले छिमेकी र दक्षिण एसियाली देशहरुको सामाजिक तथा आर्थिक विकासका लागि चीनले साझेदारी गर्ने जानकारी दिएकी छन् ।

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्