८० वर्षीय वृद्ध सासुलाई दैनिक कुट्ने बुहारी पक्राउ, ८ वर्षीयाले खिचेको भिडियो भाइरल
भारतको हरियाणामा महेन्द्रगढ जिल्लाको एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा खाटमा बसिरहेकी एक वृद्धा र उनकी बुहारी देखाइएको छ जसमा बुहारीले पटकपटक सासुलाई कुटिरहेको देख्न सकिन्छ ।
यो भिडियोलाई वृद्धाकी ८ वर्षकी नातिनीले रेकर्ड गरेको भारतीय संचार माध्यमले बताएको छ । यद्यपि, सोसल मिडियामा केही मानिसहरुले यो भिडियो छिमेकीले घरको छतबाट रेकर्ड गरेको बताइरहेका छन् ।
भिडियो ऋषि बागरीको ट्वीटर ह्यान्डलबाट सेयर गरिएको हो । उनका अनुसार यी महिला स्वतन्त्र हिन्द फौजका सदस्य हुन् र उनलाई बुहारीले दैनिक कुट्छिन् । उनले हरेक महिना ३० हजार भारु पनि पेन्सन पाउने गरेको पनि बताइन्छ । स्रोतका अनुसार पेन्सनको लोभमा नै उनले सासुलाई कान्छो छोराको घरबाट ल्याएकी थिइन् । महिलाका श्रीमान् पुलिस हुन् त्यसकारण उनीविद्ध कसैले पनि आवाज उठाउने हिम्मत गर्दैनन् ।
Dear @mlkhattar
This video clip is from Niwaj Nagar village in the subdivision Narnaul of the Mahendragarh District in Haryana filmed by neighbours.This old woman is a proud Ex member of INA and get Rs 30000/- Govt pension who is regularly beaten by her Daughter in law.
Pls help pic.twitter.com/hJLJoMh2hc— Rishi Bagree 🇮🇳 (@rishibagree) June 7, 2019
हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले पनि यो भिडियोको विषयमा ट्वीट गरेका छन् । उनले लेखे, ‘यो दुःखद र निन्दनीय छ । सभ्य समाजमा यस्तो प्रकारको व्यवहारलाई सहन सकिँदैन । यसबारे मुद्दा दर्ता गरेर आरोपीलाई पक्राउ गरिएको छ ।’
वृद्धाको उमेर ८० वर्ष बताइएको छ । पुलिसले महिलालाई पक्राउ गरेर वृद्धाको मेडिकल पनि गराएको जानकारी दिए ।