इन्स्टाग्राममा मेकअप नगरेको फोटो शेयर गरेपछि ट्रोलको सिकार भइन् करिना कपुर
मुम्बई : करिना कपूरले इन्स्टाग्राममा फोटो सार्वजनिक गरेपछि ट्रोलको सिकार भएकी छन्। पारिवारिक भ्रमणको लागि निस्किएकी करिनाको यो फोटो फ्यान क्लबमा शेयर भएको थियो । ३८ वर्षकी नायिका कपूरलाई ‘बुढी देखिएको’ भनेर ट्रोल बनाइएको छ।
घामको आडमा बसेर लिइएको यो तस्बिर एकदमै क्लोज अप छ। यो तस्बिरमा अब करिश्मालाई ‘बुढेशकाल लाग्न लाग्यो’ भनेर कमेन्ट गरिएको छ। धेरैले ‘वोल्ड इज गोल्ड’ भनेका छन्। यस्तै तस्बिरमा उनी ‘पाको र जीवन्त नदेखिएको’ भनिएको छ। उनलाई ‘अन्टी’ भनेर पनि कमेन्ट गरिएको छ।
करिना कपूरले शेफ अलि खानसँग विवाह गरेकी हुन् र उनको दुई वर्षको छोरा ‘तैमूर’ छन्। उनलाई केही फ्यानहरुले राम्रो खानेकुरा खान पनि सुझाव दिएका छन्।
करीना आफ्नो बोल्ड अवतारको कारण धेरैजसो ट्रोलमा पर्ने गर्छिन्। गएको वर्षको मार्चमा सिंगापुर फेसन शोमा मनिष मल्होत्राको कपडा लगाएर र्याम्पमा आएकी करीनालाई केही वर्ष अगाडिको जिरो फिगर जस्तै देखिएको भन्दै फ्यानले केही खान सुझाएका थिए। उनलाई धेरै पातलि भएको भन्दै उडाइएको थियो।
कामको कुरा गर्ने हो भने करिना कपूर अहिले अक्षय कुमारसँग ‘गुड न्यूज’ मा काम गरिरहेकी छन्। यस्तै उनी ‘टाखेता र अंग्रेजी मिडियम’ मा पनि काम गरिरहेकी छन्।