बाराकी अर्कना खातुन बनिन् अन्नपूर्ण बेस क्याम्प आरोहण गर्ने नेपालको पहिलो मुस्लिम महिला
प्रदेश २ स्थित बारा जिल्लाकी अर्कना खातुन अन्नपूर्ण बेस क्याम्पसम्म आरोहण गर्न सफल नेपालको पहिलो मुस्लिम महिला भएकी छन्। यही जेठ १७ गते शुक्रबार तीन दिन लगाएर ४१३० मिटरमा रहेको एबिसी चढ्न उनी सफल भएकी हुन् ।
हाइक फर नेपाल नामक संस्थाद्वारा आयोजित एबिसी हाइकिङबाट अर्कना हाइक गर्न गएकी थिइन् ।
मे २९ सेवइदेखि सुरु गरि सिनुवा २३०० मिटर, मे ३१ सिनुवादेखि देउराली ३१०० मिटर र तेश्रो दिन देउरालीदेखि एबिसी ४१३० मिटरसम्म पुग्न सफल भइन् ।
एचएफएनले आयोजना गरेको हाइकिङमा ३० जना नेपाली र २ जना बिदेशी रहेका थिए ।
पहिलो पटक एबिसीसम्म ठूलो संख्यामा नेपालीहरू आरोहण गर्न सफल भएका हुन् ।