Logo
१२ मंसिर २०८१, बुधबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पक्की सडक गुणस्तरहिन : दुहवी ८ का स्थानिय आक्रोसित, अख्तियारमा उजुरी हाल्ने तयारी

सुनसरी : सुनसरीको दुहवी ८ स्थित शिवबाबा मन्दिर मार्ग नयाँ वस्तीमा ४ दिन अगाडी भएको पक्की सडक(कालोपत्रे) निर्माण कार्य गुणस्तरहिन भएपछि स्थानियहरु आक्रोसित भएका छन ।
दुहवी नगरपालिका वडा नम्वर ८ को कार्यालयको ५ लाख बजेटबाट १ सय ११ मिटर लम्वाइ र साढे ३ मिटर चौडाइको पक्की सडक (कालोपत्रे) निर्माण कार्य गुणस्तरहिन भएपछि स्थानियहरु सुजाता तामाङ,विमला भुजेल, शंकर यादव, बिष्णु प्रसाद ऋषिदेव लगायतले आक्रोस पोख्दै सरोकारवालाहरुको ध्यान पुगोस भन्दै कारवाहीको माँग गरेका छन ।
१ साता न बित्दै कालोपत्रे सडक ठाउँ–ठाउँमा गहिरो खाल्डो पर्न थालेकोछ भने थोरै भfर पर्दा समेत उक्कीन थालेको छ । कालोपत्रे सडकको दायाँ बायाँ बलियो टेका समेत न दिइएकोले पानि पर्दा भासिने जानकारहरु बताउछन । सरोकारवालाहरुले ध्यान न दिए उनिहरु बिरुद्ध अख्तियारमा उजुरी हाल्ने स्रोतको दावी छ ।
यस विषयमा कालोपत्रे निर्माण गर्ने उपभोक्ता समितिका अध्यक्ष खडगनारायण माझिसँग बुझ्दा सडकको चौडाइ ४ मिटर हुँनुपर्नेमा स्थानियहरुको विरोधले गर्दा साढे तिन मिटरमात्र कालोपत्रे गर्नु परेकोले वाटोमा विजुलीको पोल हुँदा ग्रेडर, रोलर र जेसिवि प्रयोग हुँन न पाएकोले राम्रो काम न भएको बताए ।
माझिका अनुसार यस विषयमा पटक-पटक वडा कार्यालय र विद्युत प्राधिकरण दुहवीलाइ समेत लिखित जानकारी गराउँदा पनि वेवास्ता गरेकोले समयमै काम समपन्न गर्नु परेकोले त्रुटि भएको वताए ।

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्