विभिन्न कार्यक्रमसहित विश्व वतावरण दिवश मनाइदै
काठमाडौं । विश्व वातावरण दिवस, नेपालमा पनि आइतबार विभिन्न कार्यक्रम गरि मनाईंदैछ । मानव जीवनका लागि स्वच्छ र हरियाली बनाउन वाताबरण दिवस मनाउन लागिएको हो ।
‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरमा आज सरकारी र गैरसरकारी संघसंस्था र विद्यालयहरुले विभिन्न कार्यक्रम राखेका छन् ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ तारिखदेखि वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
विश्व वातावरण दिवसका अवसरमा केही युवाले काठमाडौँलाई ‘मास्कमाडौँ’ घोषणा गर्न माग गरेका छन् ।
व्यङ्गात्मक रूपमा यो माग राखेर युवाले काठमाडौँ उपत्यका प्रदूषित भएको सन्देश दिँदै वातावरणीय संरक्षणका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् ।
जनसंख्या तथा वाताबरण मन्त्रालयले पनि विषेश कार्यक्रम गर्दैछ ।