दिनदहाडै कर्मचारीमाथि गोली हानेर लुटियो ४ लाख
काठमाडौं : धरान उपमहानगरपालिका-५ स्थित साउनेमा गोली हानेर लुटपाट गरिएको छ । जीवन विकास संस्था १ जना कर्मचारीमाथि गोली हानेर लुटपाट गरिएको हो ।
गोली प्रहारबाट संस्थाका कर्मचारी शम्भु गच्छदार घाइते छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गोली हान्ने समूहले गच्छदारको साथबाट ४ लाख रुपैयाँ लुटेको छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले घटनाको पुष्टि गर्दै आफु पनि त्यता जाँदै गरेको बताएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोली पुगिसकेको छ। घटनापछि धरान बजार र नजिकका नाकामा कडाई गरिएको प्रहरीले जनाएको छ ।