Logo
१४ मंसिर २०८१, शुक्रबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चयकर्ताले अब एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने

काठमाडौं : सञ्चयकोषका सञ्चयकर्ताले एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने भएका छन् । नेपाल क्यिरिङ हाउस र सञ्चयकोष विच भुक्तानी सम्बन्धी सम्झौता भएपछि यो बाटो खुला भएको हो । तर अहिले नै कार्यान्वयनमा भने जानेछैन् ।

विद्युतीय भुक्तानीको कार्यान्वयन साउन एक गतेबाट हुने सञ्चयकोषका मूख्य प्रबन्धक जिवन कटवालले जानकारी दिए ।
पहिलो चरणमा भुक्तानी मात्र गर्ने भएपनि यसको प्रयोग पछि क्रमशः संकलन पनि विद्युतीय मार्फत नै हुने उनले बताए ।

कोष अहिले भुक्तानीको परिक्षणमा छ । परिक्षण सफल भएको अवस्थामा सञ्चयकोषबाट रकम संकलनमा पनि एनसिएचएल मार्फत नै गर्ने छ । सम्झौता अनुसार कर्मचारी सञ्चयकोषले क्लियरिङ हाउसको एनसिएचएल आइपिएस र कनेक्ट आइपिएसमा पूर्ण रुपमा इन्टिग्रेट गरी भुक्तानी कारोबार स्वचालित रुपमा गर्नेछन् ।

कोषले गर्ने भुक्तानीलाई लाभग्राहीको खातामा सोझै जम्मा गर्न सकिनेछ । सञ्चयकर्ता वा संस्थाले कोषलाई बुझाभाउने सञ्चयकोष किस्ता आदिको भुक्तानी समेत अनलाइन वा कुनै पनि बैंक खाताबाट गर्न सक्ने व्यवस्था भएको छ । कोषमा साढे पाँच लाख सञ्चयकर्ता छन् । यसमा ३० हजार संस्था आवद्ध छन् ।

सञ्चयकोषका प्रशासक तुलसी प्रसाद गौतम र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रदानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्