राजधानीमै बालिका अपहरण गरी बलात्कार
काठमाडौं : धनुषाका एक युवकले ललितपुरकी १५ वर्षीय किशोरीलाई अपहरण गरी जबर्जस्ती करणी गरेका छन् ।
फेसबुकबाट चिनजान भएपछि नजिकिएका धनुषा–४ शिवचोकका २४ वर्षय उत्सव गुप्ताले थसिखेल बस्ने बालिकालाई भेट्न बोलाएर मोटरसाइकलमा राखी अज्ञात स्थलतर्फ लगेका थिए ।
उनले बालिकालाई ६ दिनसम्म बन्धक बनाएर करणी गरेका थिए । हराएको ६ दिनपछि बालिका परिवारको सम्पर्कमा आएकी छन् ।
प्रहरीले आफूलाई खोजेको सुइँको पाएपछि बन्धक बनाइएकी बालिकालाई महालक्ष्मीस्थानमा छाडेर गुप्ता फारर भएका छन् ।
दुई महिनाअघि किशोरीलाई गुप्ताले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका थिए ।