कञ्चनजंघामा २ पर्वतारोहीको मृत्यु, १ जना पर्यटक बेपत्ता
काठमाडौं : विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण गर्न गएका २ भारतीय नागरिक हिमालमा बिरामी भएर मृत्यु भएको छ भने १ जना चिलीका पर्वतारोही हराएको अमेरिकी समाचार एजेन्सी एशोसिएट प्रेस (एपी)ले जनाएको छ ।
पिक प्रमोसनका पासाङ शेर्पालाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार एक जना भारतीय पर्यटकले विश्वको तेस्रो शिखरको सफल आरोहण गरेका थिए भने दोस्रोले आरोहण गर्दै थिए । त्यही क्रममा बिरामी भएर उनीहरुको मृत्यु भएको हो ।
सो घटनामा पर्नेमा पर्वतारोही ४८ वर्षीय विप्लब बैद्य र ४६ वर्षीय कुन्तल कनरार रहेको जनाइएको छ । यसैगरी चिलीका रोड्रिगो भिभान्को सोही क्षेत्रमा गएको बुधबारदेखि हराइरहेको बताइएको छ । शेर्पाका अनुसार उनको खोजी कार्य जारी रहेको छ ।