Logo
२३ भाद्र २०८१, आईतबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्चीको पानी ल्याउन अझै कठिन, प्रचण्डले गरे गम्भिर खुलासा

काठमाडौं : नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्चीको पानी ल्याउन अझै पनि कठिन रहेको बताएका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले शुक्रबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मेलम्ची खानेपानी आयोजना रोक्न नेपालभित्रकै अदृश्य शक्ति सक्रिय रहेको खुलासा गर्दै मेलम्चीको पानी ल्याउन अझै पनि कठिन रहेको बताएका हुन् ।

प्रधानमन्त्री, मन्त्रीले छिट्टै मेलम्चीको पानी काठमाडौं ल्याउन चाहेको कुरामा कुनै शंका नरहेको बताउँदै अध्यक्ष प्रचण्डले भने- ‘अहिले सरकारको तर्फबाट छिट्टै आउँछ भन्ने विश्वास गरिँदै गर्दा त्यसमा संलग्न केही मानिसहरुले मलाई अझै आउदैन भने । अझै दुई तीन वर्ष लाग्छ भने’ ।

उक्त आयोजनाको सुरुङ्को काम पनि सकिएको र काठमाडौंमा तयारी पनि अन्तिम चरणमा पुगेको बेला कसले रोक्यो थाहा नभएको अध्यक्ष दाहालको बताए । उनले भने- ‘मन्त्रीसँग मेरो बिहान बेलुका दैनिक कुरा हुन्छ, मेलम्ची आइहाल्छ भन्ने कुरा थियो, प्रधानमन्त्रीले पनि अब रोक्ने छाँटकाँट छैन भन्नुभयो सार्वजनिक कार्यक्रममा, सिएमसी विवाद अगाडि आयो, सिएमसी टाट पल्टियो भनियो, आदि इत्यादिको नाममा फेरि मेलम्ची स¥यो । मेलम्ची सर्ने कुरा देखेपछि मैले नजिकबाट के देखेँ भने मेलम्ची हाम्रै मान्छेरुले सारेका हुन् । हाम्रा भनेर मैले हाम्रो पार्टीको भनेको हैन है । मेलम्ची आउन नदिने खेलमा नेपालीहरु नै लागेका छन् । बढो विचित्रको स्थिति देखिएको छ ।’

अध्यक्ष प्रचण्डले वैकल्पिक व्यवस्था गरेर भएपनि छिटोभन्दा छिटो मेलम्चीको पानी ल्याउने तयारीमा रहेको बताए ।

उनले प्रधानमन्त्री र आफूले मेलम्ची आयोजना चुनौती हो भनेर आफ्नै नेतृत्वले हस्तक्षेप गरेर भएपनि ल्याउने बताए । मेलम्ची ल्याउन नदिने धेरै खेलहरु रहेको भन्दै यसबारे आयोजनाका कर्मचारीहरुलाई थाहा भएको हुनुपर्ने उल्लेख गर्दै यसबारे आफूले संकेतमा भनेको पनि अध्यक्ष दाहालले बताए ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्