अन्नपूर्णमा फसेका ४८ वर्षीय मलेशियन चिकित्सकको मृत्यु
काठमाडौं : अन्नपूर्ण हिमालबाट उद्धार गरिएका सिंगापुरमा बस्दै आएका मलेशियन चिकित्सक ४८ वर्षीय चिन वुई किनको मृत्यु भएको छ ।
उनी अन्नपूर्णको आरोहण गर्ने क्रममा समस्यामा परेर दुई दिनसम्म नजिकको क्याम्पमा पुग्न असफल भएका थिए । ४ जना शेर्पालाई उनलाई खोज्न पठाइएकोमा उनी अर्धचेत अवस्थामा भेटिएका थिए ।
उनलाई एयरलिफ्ट गरेर अप्रिल २६का दिन काठमाडौं ल्याइएको थियो । उनी अन्नपूर्ण शिखरमा अप्रिल २३ मा अन्य ३० जना ट्रेकर्ससँगै पुगेकोमा फर्किने क्रममा अल्मलिएका थिए ।