Logo
१२ माघ २०८१, शनिबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विभिन्न माग राखेर विप्लव माओवादी फेरि गर्यो नेपाल बन्द आह्वान

काठमाडौं : समयसमयमा आफ्ना नेता कार्यकर्ता छुटाउन नेपाल बन्द गर्दै आएको विप्लव समुहले यो पटक फरक माग राखेर नेपाल बन्द गर्न लागेको जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका छन् ।

कमाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् ।’

अगाडी भनिएको छ, ‘जनतमाथि गरिएको चरम दमन, प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकार क्रियाकलापविरुद्ध

वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको हुँदा उक्त दिन प्रदेश ३ र ४ का सबै जिल्लाहरु बन्द गरी सहयोग गरिदिन आह्वान छ ।

साथै बन्द उल्लंघन गरेको पाइएमा बन्द गर्दा कुनै अप्रीय घटना घटेमा त्यसको जिम्मेवार पार्टी हुनेछैन् ।’

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्