Logo
१२ माघ २०८१, शनिबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा मिसिएपछि तत्काल नहुने भयो पार्टी एकता, बीच बैठकबाटै बाहिरिए अध्यक्ष यादब

काठमाडौं : घोषणाको अन्तिम तयारी रहको बेला संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति बीच हुने एकीकरण तत्कालका लागि नहुने भएको छ । आज नयाँ शक्ति पार्टी कार्यालयमा फोरम नेपाल, राािष्ट्रय जनता पार्टी (राजपा) नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र नयाँ शक्ति बीच भएको छलफलपछि तत्कालका लागि एकता टरेको हो ।

अब फोरम नेपालसँग मात्र एकता नभएर राजपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नयाँ शक्ति लगायतबीचमा बीचमा राजनैतिक मोर्चाबन्दी र राजनीतिक गबन्धन बनाएर एकीकरणका लागि छलफल अगाडि बढाउने सहमति भएको नयाँ शक्ति पार्टीका अध्यक्ष डा।बाबुराम भटराईले बताए ।

बैठकमा वैकल्पिक शक्ति निर्माण गर्नका लागि राजपा, फोरम, राष्ट्रिय जनमुक्ति पार्टी लगायत आदिवासी जनजाति, थरुहटहरुसँग पनि छलफल अगाडि बढाउने सहमति भएको छ जसको नेतृत्व अध्यक्ष भट्टराईले गर्ने बताइएको छ ।

यस विषयमा छलफल चलिरहँदा अध्यक्ष उपेन्द्र यादव भने बैठकबाट बीचैमा बाहिरिएका थिए । यद्यपि स्रोत भन्छ, फोरम अध्यक्ष यादव र नयाँ शक्तिका संयोजक भट्टराईबीच आजै छुट्टै छलफल हुनेछ ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्