गौशालामा पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला
काठमाडौँ : काठमाडौँको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ ।
बिहिबार बिहान सात बजे पिपलको रुखमा शव देखेपछि स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो ।
प्रहरी वृत गौशालाका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार उक्त शब खोटाङ घर भइ हाल काठमाडौँ महानगरपालिका-६ बौद्ध बस्दै आएका अन्दाजी ३५-४० वर्षका आङ दावा शेर्पाको हो ।
यो हत्या वा आत्महत्या के हो भन्ने स्पष्ट नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।