अब उपराष्ट्रपतिको निवास लैनचौरस्थित ‘ग्रीन हाउस’ मा
काठमाडौं : उपराष्ट्रपतिको गैह्रीधारामा रहेको सरकारी निवास सरेको छ ।
उपराष्ट्रपतिको सरकारी निवास लैनचौरस्थित ‘ग्रीन हाउस’ मा सरेको हो । उपराष्ट्रपति नन्दन बहादुर पुन अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर निवास सरेका हुन् ।
गत भदौ २१ गतेको मन्त्रीपरिषद् बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि ९उपराष्ट्रपति भवन० सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
वातावरणमैत्री हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ । सामान्य मर्मत सम्भारपछि उपराष्ट्रपति पुन त्यहाँ सरेका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।
उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केहीं दिनपछि मात्रै सर्ने उनले जानकारी दिए । उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै छ ।
यसअघि उपराष्ट्रपतिको निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुनेछ ।